२७ पुस २०८१, शनिबार

आजदेखि होली पर्व सुरु, वसन्तपुरमा ठड्याइयो चीर

प्रकाशित मिति :  17 March, 2024 11:19 am


काठमाडौँ । काठमाडौँको वसन्तपुर हनुमानढोकामा विधिवत रुपमा तीनखण्डे चिर ठड्याएसँगै होली पर्व सुरु भएको छ । र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै आजदेखि र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।

आइतबार फागुन शुक्ल अष्टमीका बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो।हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ । यो वर्ष चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा र चैत्र १२ गते तराईका विभिन्न जिल्लामा होली पर्वको मनाइने छ ।



प्रतिक्रिया दिनुहोस !