२३ कार्तिक २०८१, शुक्रबार

प्रतिनिधि सभाद्धारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

प्रकाशित मिति :  17 March, 2024 12:36 pm


फाइल फाेटाे।

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

सभामुख देवराज घिमिरेले भने, “जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आईतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएकी थिइन् ।

२०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते ९आज बिहान० काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोली) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !