२३ कार्तिक २०८१, शुक्रबार

बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयोः अध्यक्ष केसी

प्रकाशित मिति :  18 March, 2024 3:37 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव माथिकाे छलफलमा भाग लिँदै उनले यस्तो बताए । उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताए ।उनले दक्षिण एशियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताए ।

उनले भने, “मैले के आशा गरेको थिएँ भने बिमस्टेक जन्मियो किन रु सार्कलाई किन ओझेलमा किन पारियो ? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ की भन्ने थियो । खालि बिमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो । म निराश भएँ । दक्षिण एशियामा हाम्रो सार्क हो नि, शक्तिशाली संगठन । यो बिमस्टेक किन खोल्नुप¥यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष सधैँ । त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो । बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो ।सार्कलाई यो स्थितिमा पु¥याउनुको मुख्य कारण भारत नै हो ।”

उनले बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताए ।



प्रतिक्रिया दिनुहोस !