सिंहदरवार अगाडी गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रर्दशन
प्रकाशित मिति : 19 March, 2024 11:12 am
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले उप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रर्दशन गरेका छन् ।
मंगलबार सिंहदरबार गेट अगाडी प्रर्दशनमा उत्रिएका नेविसंघका कार्यकर्ताले गृहमन्त्री लामिछानेविरुद्ध प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।