२३ कार्तिक २०८१, शुक्रबार

महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

प्रकाशित मिति :  19 March, 2024 10:57 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताए ।

सुन प्रकरणमा सोमवार भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !