२३ कार्तिक २०८१, शुक्रबार

स्याङ्जाको चापाकोटमा आगलागी हुँदा १६ बाख्रा र ५० वटा कुखुर जलेर नष्ट

प्रकाशित मिति :  19 March, 2024 12:23 pm


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकाम आज (मंगलबार) बिहान आगोलागी हुँदा १६ बाख्रा र ५० वटा कुखुर जलेर नष्ट भएको छ ।

चापाकोट नगरपालिकामा वडा नम्बर ५ सिमस्थित होम बहादुर आलेको गोठमा विद्युत सर्ट भइ आगोलागी हुँदा दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !