४ आश्विन २०८१, शुक्रबार

घाेराही-१६ मा नेकपाले उमेद्वार टुंगायाे

प्रकाशित मिति :  11 November, 2019 6:52 am



दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ ।

पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

४ जनाको सिफारीस भएकोमा केसीलाई वडा अध्यक्षको उमेद्वार बनाउने नेकपा दाङको कार्यालय बैठकले निर्णय गरेको हो । वडा अध्यक्षका लागि कार्तिक २७ गते उम्मेदवारी दर्ता हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !