४ आश्विन २०८१, शुक्रबार

सबै क्रान्तिकारी पार्टीमा एकताको आवश्यक-बैद्य

प्रकाशित मिति :  11 November, 2019 7:44 am


दाङ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य `किरण´ले नेपालका सबै क्रान्तिकारी पार्टीमा एकताको आवश्यक रहेको बताएका छन् ।

पार्टीको प्रदेश स्तरीय प्रथम अधिवेशनको सोमबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव किरणले क्रान्तिकारी पार्टीबीच कार्यगत एकता हुनुपर्ने आवश्यकता औल्याए  ।

क्रान्तिकारीहरु बिच कार्यगत सहकार्यसँगै पार्टी एकता मार्फत् जनताको पक्षमा अघि बढ्नुको बिकल्प नभएको उनकाे भनाई थियाे । मसाल, नेकपा माओवादी केन्द्र, विप्लव नेकपासंग एकताका लागि प्रयास भएको भन्दै महासचिव किरणले उक्त प्रकृया नरोकिने बताए ।



प्रतिक्रिया दिनुहोस !