महालेखापरीक्षकमा तोयम राया सिफारिस
प्रकाशित मिति : 31 March, 2024 10:54 am
काठमाडौँ । महालेखापरीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।
बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको छ ।