२७ पुस २०८१, शनिबार

वायुसेवा निगममा देखिएको अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न दृढ छुः मन्त्री तामाङ

प्रकाशित मिति :  2 April, 2024 2:12 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताए ।

बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धि निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए ।

उनले निगमको सारभुत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढन सरकारले चाहेको बताए । मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेपर्ने कुनै कारण नरहेको स्पष्टिकरण पनि दिए ।



प्रतिक्रिया दिनुहोस !