कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा
प्रकाशित मिति : 3 April, 2024 5:10 pm
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।
यसअघि विश्वासको मत लिएरमात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः प्रदेश सभा बैठकबाटै राजिनामा घोषणा गरेका छन् । राजीनामामा दिनु अघि शर्माले एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग भेट गरेका थिए ।
यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए मुख्यमन्त्री शर्माले संसद बैठकलाई सम्बोधन गरेर राजीनामा पछि प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने भएका छन् ।
केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि राजीनामा दिन बाध्य भएका हुन् ।