प्रतिनिधिसभा बैठक बुधवारसम्मका लागि स्थगित
प्रकाशित मिति : 9 April, 2024 2:14 pm
काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधवार (भोलि) सम्मका लागि स्थगित गरिएको छ । मंगलवार १५ मिनेटका लागि स्थगित गरिएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर बुधवार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।
मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राखेपछि बैठक अवरुद्ध भएको थियो ।
त्यसको बिरोधमा यता सत्तारुढ एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बिनाप्रमाण छानविन समिति बन्न नसक्ने भन्दै बिरोध गरेका थिए ।