२७ पुस २०८१, शनिबार

कांग्रेस नेता कोइरालाद्धारा गृहमन्त्री लामिछानेको राजीनामा माग

प्रकाशित मिति :  9 April, 2024 4:24 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा.शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे ।

आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोइरालाको भनाइ थियो । उनले २०४६ सालपछिको सबै घोटाला काण्डको छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरूको कुनै आपत्ति नरहेको बताए ।

नेता कोइरालाले संसदमा उच्चस्तरीय छानविन समिति बनाएर विगतमा भएका सबै घोटालाहरूको छानविन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

काेइरालाले काँग्रेस कुनैपनि घोटाला प्रकरणलाई थाँति राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !