९ मंसिर २०८१, आइतबार

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धकका लागि आवेदन

प्रकाशित मिति :  17 April, 2024 10:45 am


काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ।

आज (बुधबार) सूचना जारी गरी डीडीसीले २१ दिनको समय दिएर महाप्रबन्धक पदका लागि दरखास्त मागेको हो।

महाप्रबन्धक पदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनय सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृत स्तर र व्यवस्थापनको हैसियतले कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यस्तै दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव खुल्ने कागजात, बढीमा तीन पृष्ठसम्मको वैयक्तिक विवरण पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !