१७ कार्तिक २०८१, शनिबार

वीरेन्द्र तालमा हिमपहिरो, तल्लो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल

प्रकाशित मिति :  21 April, 2024 11:16 am


काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए । स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको पाठकले जानकारी दिए ।

बाढीले बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रबाट पानीको बहाव बढेको जानकारी आएपछि बुढीगण्डकी नदीको आसपासमा क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको गरिएको छ । तल्लो तटमा रहेका चुमनुब्री,धार्चे,आरुघाट लगायत पालिकाले सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !