कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय
प्रकाशित मिति : 25 April, 2024 7:33 pm
काठमाडौँ। कांग्रेस नेता तथा पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । आलमलाई बिहीबार रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
अदालतले २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।