नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह
काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।
सोमवार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले लगानीकर्ताहरूको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरू रहेको उल्लेख गर्दै सरकार लगानी कर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताए ।
जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि बताए । उनले वन लगायतका विभिन्न समस्याहरूमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए । उनले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरे ।