२ कार्तिक २०८१, शुक्रबार

सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन एमाले महासचिव पोखरेलको आग्रह

प्रकाशित मिति :  1 May, 2024 4:09 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवि वर्गहरुले सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरूलाई त्यसमा जोडने कुरामा सरकारले भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्र ।

महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको औंल्याउँदै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाइ थियो ।

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवद्र्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !