२३ भाद्र २०८१, आइतबार

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल

प्रकाशित मिति :  1 May, 2024 4:29 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन् ।

बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरूमा पनि जोड दिन आवश्यक रहेको बताए ।

उनले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताए । उनले सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गरे। उनले वैदेशिक रोजगारीमा जानेहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए ।

उनले भने, “आन्तरिक रोजगारी सिर्जना गर्नका लागि र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसाय सञ्चालन गर्नको लागि त्यसमा गहन रुपमा हामी काम गरिरहेका छौँ । आन्तरिक रोजगार दशक र आन्तरिक रुपमा नै हामीले सिपलाई अबको एक दशक यो देशमा सिपमुलक तालिमहरु दिनुपर्छ भनेर योजना बनाइ काम गर्ने तयारी गरिरहेका छौँ ।” काम अघि बढाइरहेका छौँ । वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिहेका छाैँ ।”

मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !