८ मंसिर २०८१, शनिबार

कोशी र गण्डकीका पहाडी भेगमा हल्का वर्षा हुने, तीन प्रदेशमा हावाहुरीको सम्भावना

प्रकाशित मिति :  2 May, 2024 7:14 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहानीखप देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाागका अनुसार आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार बिहीवार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

मौसम प्रतिकूलता रहने क्षेत्रमा विशेष सजक रहन अनुरोध गरिएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !