८ मंसिर २०८१, शनिबार

यस्तो रहनेछ शुक्रवारको मौसम

प्रकाशित मिति :  3 May, 2024 7:20 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शुक्रवार बिहानीपख देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा/हावा हुरीको सम्भावना रहेको छ।

शुक्रवार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भुभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

शुक्रवार राती सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भुभागमा आंशिक देखि साधारणतया वदली भई बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !