१६ कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने

प्रकाशित मिति :  3 May, 2024 2:37 pm


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले शुक्रबार २३ गतेको लागि डाकिएको प्रदेशसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी विषय समावेश गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएसँगै मुख्यमन्त्रीले सो दिन विश्वासको मत लिने भएका हुन्।

विश्वासको मत लिनेबारेको सूचना दुई दिन अगाडि नै कार्यसूचीमा समावेश गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कार्यालयले शुक्रबार बिहान १०ः२५ मै सो निवेदन दर्ता गराएको सूचना अधिकारी सुवेदीले बताए ।

एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

सविधान अनुसार एक महिनाभित्र विश्वासको मत प्रमाणित गरिसक्नुपर्छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

उनले ६० सदस्यीय प्रदेशसभामा रहेका एमालेको २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन आफूसँग रहेको जिकिर गरेका थिए। सो जिकिरलाई सही ठहर्‍याउँदै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !