१६ कार्तिक २०८१, शुक्रबार

मधेश प्रदेशका सांसद शर्मा निलम्बित

प्रकाशित मिति :  3 May, 2024 5:24 pm


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सांसद अभिराम शर्मा निलम्बित भएका छन् । उनलाई वैशाख १८ गते निलम्बन गरिएको हो ।

शुक्रबार मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्मा निलम्बनमा परेको जानकारी दिए।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको हो।

शर्मालाई प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० को उपनियम(४) बमोजिम निलम्बन गरिएको प्रदेशसभाले जानकारी दिएकाे हाे ।

गत मंसिर २८ गते लोसपाका मधेस प्रदेश संसदीय दलका नेता शर्मासहित ७ जनालाई जिल्ला अदालत महोत्तरीले जन्म कैदको सजाय सुनाएको थियो।



प्रतिक्रिया दिनुहोस !