२७ पुस २०८१, शनिबार

तीन तहकै सरकारलाई प्रभावकारी बनाउन ध्यान दिइएनः मन्त्री जोशी

प्रकाशित मिति :  3 May, 2024 6:25 pm


काठमाडौैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने कुरामा सरकारको ध्यान नपुगेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले आवश्यक ध्यान दिन नसक्दा प्रदेश सरकार किन चाहियो, खारेजी गर्नुपर्छ भन्नेसम्मका प्रश्न उठिरहेको बताए । उनले प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारलाई काम कारबाहीको प्रभावकारी बनाउने कुरामा संघ सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।

मन्त्री जोशीले मन्त्रालयका काम कारबाहीलाई व्यवस्थित बनाउने कुरामा पनि कमजोरी रहेको बताए । उनले आफूले चाहेअनुसार मन्त्रालयको काम कारबाही अघि बढाउन नसकेको बताए । उनले आफ्नो मन्त्रालयले संघीय मामिला र सामान्य प्रशासन सम्बन्धी दुईवटा विषय हेर्नुपर्दा संघीय मामिलाका विषय ओझेलमा पर्ने गरेको बताए ।

मन्त्री जोशीले संघीय निजामति सेवा ऐन देशव्यापी रूपमा सुशासन कायम गर्न विधेयक चाँडो भन्दा चाँडो पास गर्नुपर्ने अवस्था रहेको बताए । कर्मचारीका समस्या कानुनतः समाधान गर्न सक्ने अवस्था नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !