पाकिस्तानमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २२ घाइते
प्रकाशित मिति : 4 May, 2024 1:27 pm
काठमाडाैँ । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रवार यात्रुबाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिबी मुख्यमन्त्रीका प्रवक्ता फैजुल्लाह फाराकले दुर्घटनाग्रस्त बस यशु खेल दास क्षेत्रमा मोड लिने क्रममा खोलामा खसेको हो । प्रहरी र उद्धार टोलीले घटनास्थलमा पुगेर बालबालिका र महिलासहित १५ शव र २२ जना घाइतेलाई नजिकैको अस्पतालमा सारिएको जनाएको छ ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको र केही यात्रु अझै बसमा फसेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अधिकारीले आशंका गरेका छन् । प्रवक्ताले बस देशको पूर्वी ग्यारिसन शहर रावलपिंडीबाट हुनजा जिल्लातर्फ गइरहेको थियो ।
तिब्र गतिका कारण मोडमा बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।