९ माघ २०८१, बुधबार

सुहाङ नेम्वाङले लिए शपथ

प्रकाशित मिति :  8 May, 2024 12:41 pm


काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । बुधबार सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

इलाम २ बाट निर्वाचित सुवास नेम्वाङको निधनपछि त्यहाँ भएको उपनिर्वाचनमा सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । वैशाख १५ इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको थियो। सुहाङ २७ हजार ७७२ मत पाएर निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !