२६ पुस २०८१, शुक्रबार

‘राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न खोजेको आभास भयो’

प्रकाशित मिति :  10 May, 2024 4:36 pm


काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्नु नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

शर्माले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तर्विरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छाया पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए । उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले भने, “राष्ट्रिय सभाको जुन गरिमा छ, राष्ट्रिय सभा अलिकति फरक हो । र यसले फरक पहिचान स्थापित गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । पल्लापटि रोके यहाँ पनि रोक्ने र त्यहाँ नारा लगाए यहाँ पनि नारा लगाउने र त्यहाँ जेजे गर्दछन्, यहाँ त्यस्तै गर्ने हो भने फोटोकपी मेसिनको दुई ठाउँ आवश्यक हुँदैन ।”

शर्माले २०१३ सालको कानुन चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवश्यक रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !