२७ पुस २०८१, शनिबार

संसद चल्न नदिने र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत रहेको कांग्रेसको निष्कर्ष

प्रकाशित मिति :  11 May, 2024 1:44 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन् । बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमवार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया बिरुद्ध कसरी प्रश्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।

नेपाली काँग्रेसले शुक्रवार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !