२७ पुस २०८१, शनिबार

डा.कोइरालाको नेतृत्वमा बन्दै गरेको अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

प्रकाशित मिति :  11 May, 2024 1:50 pm


काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

कोइरालाको नेतृत्वमा काठमाडौँसहित सातवटै प्रदेशमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै उक्त रकम दिने घोषणा गरेका हुन् ।

गुरुङको सहयोग घोषणाले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको डा. कोइरालाले उल्लेख गरे । कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !