७ मंसिर २०८१, शुक्रबार

नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ: हरिवंश आचार्य

प्रकाशित मिति :  11 May, 2024 7:45 pm


काठमाडौँ । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन् ।

शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले चलचित्र महाजात्रा दुईरतीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गरे ।

उनले अहिले ५१ औँ दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए । उनले नेपाली चलचित्रको प्रतिस्पर्धा स्वदेशीसँग नभई विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौँ खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए ।

उनले भने, “दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि । अहिले १३ वटा हलमा चलिरहेको छ । बिस्तारै घट्दै घट्दै आउँछ । हामीले प्रतिस्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो । विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरूले धेरै पैसा अर्बौँ अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ ।”

अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !