८ मंसिर २०८१, शनिबार

आइतवार कहाँ कहाँ वर्षा हुँदैछ? यस्ताे छ माैसम विवरण

प्रकाशित मिति :  12 May, 2024 7:26 am


काठमाडौँ। आइतवार कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौस्म पूर्वानुमान विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !