एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै
काठमाडौँ। आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दैछ ।
स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । शनिवारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतवार पुनः बैठक बस्न लागेको हो ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल शुरु गरिएको हो ।
शनिवारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राख्नुभएको र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।
बोल्न बाँकी नेताहरूले आजको बैठकमा बोल्ने कार्यक्रम छ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको हो।