राप्तीमा सोमवारदेखि माटो सिविर, यस्तो छ मिति र नमुना लिने तरिका
प्रकाशित मिति : 12 May, 2024 8:26 am
मसुरिया। राप्ती गाउँपालिकाले सोमवारदेखि तीन दिने माटो परिक्षण सिविर सञ्चालन गर्ने भएको छ । पालिकाले सिविर हुने मिति र माटोको नमुना लिने तरिका सार्वजनिक गर्दै सहभागी हुन आव्हान गरेको हो।
पालिकाका अनुसार सोमवार (वैशाख ३१ गते) वडा नं. ५,६ र कृषकहरुबाट माटो परिक्षण हुनेछ । वडा नं. ७ स्थित छोड्की सिसहनियामा रहेको जय गुरुबाबा कृषि सहकारी संस्थामा माटो परिक्षण हुनेछ ।
मंगलवार (जेठ ज्ञ गते) दोस्रो माटो परिक्षण सिविर वडा नंं., ४, ८ र ९ नम्बर बडाका कृषकहरुहरु संलग्न हुनेछन्। माटो परिक्षण मौरीघाटस्थित वडा नं. ४ वडा कार्यालयमा हुनेछ ।
तेस्रो दिनको सिविरमा वडा नं. १, २ र ३ का कृषकहरु संलग्न हुनेछन् भने सिविर राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले जानकारी गराएका छन्।
यसरी गर्नुहास् माटोको नमुना संकलनः