९ माघ २०८१, बुधबार

गायक रवि ओड प्रहरी हिरासतमा

प्रकाशित मिति :  12 May, 2024 8:47 am


काठमाडौँ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका छन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार उनी आफैँ प्रहरी कार्यालय झलारीमा उपस्थित भएका हुन ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्।

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !