८ मंसिर २०८१, शनिबार

‘प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन’

प्रकाशित मिति :  12 May, 2024 4:34 pm


Dr Govinda KC hunger strike 11th time demanding Integrated Mediccal Education act at Teaching Hospital in Kathmandu on Monday. Photo/ Shaligram Tiwari/ Post

काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे ।

काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताए । उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउन सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको वरिष्ठ चिकित्सक केसीको भनाई छ । उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे ।

वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्ने लगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमती कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !