२७ पुस २०८१, शनिबार

मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

प्रकाशित मिति :  12 May, 2024 4:37 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

आइतबार नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

साह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरू भएको हो ।



प्रतिक्रिया दिनुहोस !