८ मंसिर २०८१, शनिबार

शिर्ष नेताहरूको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैनः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  12 May, 2024 4:49 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरूको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी छन् ।

आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरूको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी हुन् ।

उनले आफूले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि राजनीतिक दलका शिर्ष नेताहरूसँग अनौपचारिक रुपमा छलफल गर्न चाहेको भएपनि समय नपाएको बताइन् । उनले विश्वविद्यालयलाई दलिय राजनीतिकरण नगर्नका लागि दलहरु सहमत भएमा विश्वविद्यालयमा सुधार सम्भव हुने बतान् ।

उनले विश्वविद्यालयलाई दलिय राजनीतिमुक्त क्षेत्र बनाउने प्रतिवद्धता गर्नुपर्ने बताइन्। मन्त्री श्रेष्ठले प्रशासन र कर्मचारीहरूको दलिय आवद्धताका कारण पनि काम गर्न गाह्रो भएको बताइन् । उनले एउटा कर्मचारीलाई सरुवा गर्दा समेत धम्कि आउने गरेको सुनाइन् । उनले विद्यार्थी संगठनका नेताहरूले मौखिक रुपमा त्रिविमा अनावश्यक राजनीतिकरण नगर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै कर्मचारी प्रशासनको सन्दर्भमा भने एउटा निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

मन्त्री श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरुको सूचि सरकारले सिफारिस गरेको भन्दा फरक आएको विषयको जानकारी लिन आफू लागिरहेको बताइन्।



प्रतिक्रिया दिनुहोस !