२६ पुस २०८१, शुक्रबार

माओवादीले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा

प्रकाशित मिति :  12 May, 2024 5:32 pm


काठमाडाैँ । मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको छ ।

मधेस सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा बुझाएपछि सरकारबाट समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरूमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

पछिल्लो पटक ६१ प्रदेस सभा सदस्यहरूको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेस सरकार अल्पमतमा परेको हो । प्रदेस सभामा माओवादी केन्द्रका ९ प्रदेश सभा सदस्य रहेका छन् ।

यसअघि आइतबार नै मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो । आइतवार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकार गरेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री रहेका थिए।



प्रतिक्रिया दिनुहोस !