संसदको गतिरोध अन्त्यका लागि सभामुख र प्रमुख सचेतकबिचको छलफल निष्कर्ष बिहीन
काठमाडाैँ । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेका छलफल पनि बिना निष्कर्ष सकिएको छ ।
आइतवार अपरान्ह सिंहदरबारमा बोलाइएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा पनि काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान दोहो¥याएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राखेको थियो ।
सहकारीमा भएको अर्बैंकाे ठगीको विषयमा उपप्रधानमन्त्री लामिछानेको पनि संलग्नता रहेको हुनाले सो विषयमा संसदीय छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कुरा बैठकमा पार्टीको अडान प्रस्तुत गरिएकाे काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले सो विषयमा छानविन गर्न उचित थलो संसद भएकाले त्यहीबाट समाधान गर्नुपर्छ भन्ने पार्टीका स्पष्ट मान्यता रहेको उल्लेख गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारमा भरपर्ने बताए ।
यता सत्तारुढ प्रमुख घटक नेकपा एमालेले भने उपप्रधानमन्त्री लामिछानेको सहकारी प्रकरण छानविन गर्ने काँग्रेसको माग कानूनसम्मत नभएको जिकिर गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानविन समिति बनाएर सहकारी ठगी प्रकरण छानविन गर्नेकुरा सभामुखको विशेषाधिकार भएकाले त्यसमा सरकारले संसदलाई भन्न नमिल्ने जिकिर गरे ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयमा कुनैपनि राजनीतिक पार्टीले अवरोध गर्न नमिल्ने बताएको छ ।
प्रमुख सचेतक सन्तोष परियारले काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संदन अवरोध गर्न नमिल्ने बताए । उनले सहकारी प्रकरण छानविनको विषय भने संवादबाटै समाधान हुने भएकाले त्यसमा जोड दिएर काँग्रस अघि बढनुपर्ने बताए ।