८ मंसिर २०८१, शनिबार

कोशी र बागमतीमा बिहानैदेखि हल्का वर्षा, यस्तो छ सोमवारको मौसम पूर्वानुमान

प्रकाशित मिति :  13 May, 2024 7:32 am


काठमाडौँ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । सोमवार बिहानीपख गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमवार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार राती कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !