८ माघ २०८१, मंगलबार

ओलम्पिक छनोटमा सुखद् नतिजा ल्याउँछौं– नेपाली टेबलटेनिस टोली

प्रकाशित मिति :  13 May, 2024 8:07 am


काठमाडौँ। नेपालले पेरिस ओलम्पिक २०२४ का लागि टेबलटेनिसको दक्षिण एशियाली छनोटमा सुखद् नतिजा ल्याउने लक्ष्य राखेको छ ।

आगामी मे १३ देखि २५ सम्म ओलम्पिकका लागि दक्षिण एशियाली छनोट नेपालमा हुँदैछ । सोही छनोटमा सुखद् नतिजा ल्याउने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोहनदास बासुकलाले विश्वास व्यक्त गरेका छन्।

नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रश्तुत गर्दैछन् । दक्षिण एशियाली छनोटबाट समान १÷१ पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा स्थान बनाउने छन् ।

प्रशिक्षक मोहनदासले आफ्नै घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्दै क्वालिफाइङ हुने धेरै सम्भावना रहेको बताए। उनले उनले नेपालले दुई महिनादेखि तयारी गरिरहेको पनि उल्लेख गरे।

पछिल्लो भेटमा हाल सहभागी टोलीविरुद्ध राम्रो प्रदर्शन रहेको उल्लेख गर्दै प्रशिक्षक मोहनदासले अनुभवी र क्षमतावान् युवा खेलाडीबाट धेरै आशा रहेको बताउनु भयो ।

आगामी जुलाईदेखि फ्रान्सेली सहरमा ३३औं गृष्मकालीन ओलम्पिकका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता हुन लागेको हो । छनोट प्रतियोगितामा भारत र भुटानबाहेक नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

योजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शिर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान नविता श्रेष्ठले आफ्नो करियरमा पहिलोपटक ओलम्पिक छनोट खेल्न लागेको र त्यो पनि घरेलु मैदानमा खेल्नु सुखद् रहेको बताउनु भयो । साथै यो अवसरलाई आफ्नो टोलीले सदुपयोग गर्ने उनको विश्वास छ ।

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौति प्रश्तुत गर्नेछन् ।

नेपालमा पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुन लागेको हो । छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ ।

भारतको सहभागिता नहुँदा नेपाल यसको फाइदा उठाउन चाहन्छ । तर, श्रीलंकासँग भने नेपालको कडा प्रतिष्पर्धा हुने आशा गरिएको छ ।

बंगलादेशका प्रशिक्षकले सहभागी सबै टोलीका स्तर उस्तै रहेकाले छनोट हुने सम्भावना खुला रहेको धारणा राखे । पाकिस्तानले पनि सबै प्रतिष्पर्धी समान स्तरको रहेकाले छनोट हुने सम्भावना रहेको दोहो¥यायो ।

श्रीलंकाले भने यो अवसरका दक्षिण एशियाका हरेक टोली उत्साहित रहने उल्लेख ग¥यो ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !