१० मंसिर २०८१, सोमबार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि भरतपुर महानगरले माग्यो सुझाव

प्रकाशित मिति :  13 May, 2024 4:51 pm


काठमाडाैँ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि राय सुझाव माग गरेको छ ।

महानगरपालिकाले आगामी वर्षकाे नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो ।

सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ ।

महानगरको आधिकारिक [email protected] मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत, तथा नगरवासीलाई महानगरले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !