१० मंसिर २०८१, सोमबार

स्कुल बसमा अगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति

प्रकाशित मिति :  13 May, 2024 6:13 pm


काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको निन्दा गरेको छ ।

मोटरसाईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार विहान हेभन बोर्डिङ स्कुल भरतपुर वडा नम्बर ५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनी गरेको थिए ।

महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !