चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण
काठमाडाैँ । चाइना हस्पिटल प्रालिद्धारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वमसेविकाहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
स्वमसेवीकालाई परम्पारागत चाइनिज उपचार पद्धतिको बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको छ ।
भरतपुर महानगरको सम्वन्यमा चाइना अस्पतालको १८ जनाको चिकित्सक ६० जना स्वास्थ्यकर्मीले चेकजाच गरेका थिए । स्वास्थ्यकर्मीहरूको टाउको, खुट्टा, ढाड दुखाईको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो ।
यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जरीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिए ।
पहिलो चरणमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि क्रमसँगै २०७ जनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए ।
हस्पिटलबाट आएको टोलीले भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि आकस्मिक रूपमा शिविर आयोजना गरेको संयोजक रिमालले जानकारी दिए ।