११ कार्तिक २०८१, आइतबार

प्यूठानमा ११ जनामा आरडीटी पोजेटिभ

प्रकाशित मिति :  12 May, 2020 6:14 pm


प्यूठान, ३० वैशाख ।

प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !