डा.गोविन्द केसीले तोडे अनसन
प्रकाशित मिति : 16 May, 2024 5:59 pm
काठमाडौँ । डा. गोविन्द केसीले अनसन तोडेका छन् । वैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरू गरेका थिए ।
पशुपति क्षेत्रमा अनशन सुरू गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् ।