८ माघ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डले चौथो पटक ७ जेठमा विश्वासको मत लिने

प्रकाशित मिति :  17 May, 2024 7:57 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् ।

प्रधानमन्त्री दाहालले चौथौं पटक विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !