२६ पुस २०८१, शुक्रबार

संसदको भित्रको अप्रिय स्थितिको प्रमुख जिम्मेवारी सभामुखले लिनुपर्छः महामन्त्री थापा

प्रकाशित मिति :  17 May, 2024 8:05 am


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन् । उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उहाँहरुको निर्देशन अनुरूप बैठकमा कांग्रेसलाई पेलेर अगाडी बढेको बताए ।

उनले संसदमा जबर्जस्ति कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेकाे बताए । उनले सभामुखले आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्न चुकेको आराेप लगाए ।

महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताउँदै सरकारमा बसेका मन्त्रीहरूले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे । उनले सबै फाइल खोले पनि काँग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !