८ माघ २०८१, मंगलबार

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

प्रकाशित मिति :  17 May, 2024 9:52 am


काठमाडौँ । गायक रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार रिहा भएका हुन । गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर उनले आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !