राष्ट्रिय सभामा काँग्रेसको बिरोध कायमै, आइतबारसम्मका लागि बैठक स्थगित
प्रकाशित मिति : 17 May, 2024 1:33 pm
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि शुक्रबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक आइतबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरू भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरूले उठेर बिरोध जनाएका थिए । काँग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक आइतबारसम्मका लागि स्थगित गरेका छन्।
अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे ।